Logo

म्यानपावरकी कर्मचारी लोहारको हत्याप्रति संघको घोर भर्त्सना



झापा , ३० भदौ । म्यानपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भर्त्सना गरेको छ । गत साउन २८ गते त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा कार्यरत कर्मचारी मनिषा लोहारको हत्याप्रति संघले आइतवार बिज्ञप्ती जारी गर्दै घोर भर्त्सना गरेको हो ।

गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हक्ष्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्