Logo

म्यानपावर सञ्चालक पक्राउ



काठमाडौँ, १७ भदौ । राप्ति पेल्समेन्ट सर्भिस प्रालिका संचालक रविन भनिने रविन्द्र अधिकारी ठगी आरोपमा बिहिबार पक्राउ परेका छन् । अफगानस्तान पठाइदिन्छु भनी आठ लाख ठगी गरेको आरोपमा अधिकारी पक्राउ परेका हुन् ।

चितवन भरतपुर महानगरपालिका वडा २१ का अधिकारी काठमाडौँ बसुन्धरा बसोबास गर्दै आएका थिए । उनले वर्किग भिषामा अफगानस्तानमा सेकुरिटी गार्ड लगाइदिने आश्वासन दिएर आठ लाख लिएका थिए । अधिकारीले मासिक एक लाख पारिश्रमिक हुने बताएको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्