Logo

म्यानमारमा बाढीका कारण ४५ हजार बढी मानिस विस्थापित



म्यानमार, २८ साउन । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् ।

शुक्रबारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका हुन् ।

सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुई जना गरी पाँच जनाको मृत्यु भएको बताए ।

मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रयस्थल स्थापना गरेको छ ।

अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उनको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण दुई हजार १४६ घरपरिवारबाट १० हजारभन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा पु¥याएको बताइएको छ ।

साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्ध विच्छेद भएको बताइएको छ । त्यस्तै, लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा दुई हजार ९७३ घरपरिवारका १२ हजार ४६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् ।

मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।

प्रतिक्रिया दिनुहोस्