Logo

म्यासेन्जरबाट सन्देश पठाऔँ, भेटमा खादामाला प्रयोग नगरौँ : प्रधानमन्त्री ओली



काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत हुने बुधबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

आफू प्रधानमन्त्री भइसकेपछि शुभकामना र बधाईका सन्देश आइरहेको भन्दै यस्तो स्टाटस राख्नुभएको हो। प्रधानमन्त्री ओलीले भेटमा खादामाला प्रयोग नगर्न अनुरोध गर्दै सकेसम्म म्यासेन्जर मार्फत सन्देश पठाउन अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नुुभएको छ, विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु ।

प्रतिक्रिया दिनुहोस्