काठमाडौँ, २४ भदौ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन् ।
उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।