Logo

म पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद: रावल



काठमाडौँ, १३ असोज । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद भएको बताएका छन् ।

अछाम क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा विकल्प खोज्न आग्रह गरेको भन्ने चर्चा भएपछि उनले प्रष्टिकरण दिएका हुन् ।

“म पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ,” उनले ट्विटरमा लेखेका छन्,“ यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हाँस्यास्पद छ ।”

प्रतिक्रिया दिनुहोस्