Logo

म माथि कुनै दाग लागेन: सुदन किराती



काठमाडौँ, २४ फागुन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनै पनि दाग नलागेको बताएका हुन् । उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताए ।

उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताएका छन् । उनले मन्त्रीको रूपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको बताए ।

प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए ।

उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीको आवश्यकता छ । यो जटिलतामा सङ्कट मोचनका निम्ति, ढुङ्गालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दा पनि अनुभवी हुनुहुन्छ उहाँहरू । मन्त्रालयबाट निस्किँदा म खुसीसाथ निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्