Logo

म माथि दुव्र्यवहार भयो: सांसद चन्दा चौधरी



काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चन्दा चौधरीले आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् ।

सांसद चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुव्र्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

“गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उनले भनिन्, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।

आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उनले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्