Logo

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना



पोखरा, १ माघ । यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।

काठमाडौँबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँ गाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्