Logo

यति एयरलाइन्स विमान दुर्घटना अपडेट: ३८ जनाको पहिचान खुल्यो



पोखरा, २ माघ । पोखरामा आइतबार भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए

हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो । विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्