Logo

यति एयर विमान दुर्घटना: मृतककाे शव भाेलि परिवारलाई बुझाइने



पोखरा, १ माघ । सेती नदीको खोँचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतकको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको छ ।

शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् ।

शवहरू धेरैजसो पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाण्डौ लगिने उनले बताए ।

पोखराका पहिचान भएका शव भोलि बिहान ९ बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताए । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाडौँबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्