Logo

यमनमा सेना र अल-कायदा लडाकुबीच भिडन्त



यमन, २२ भदौ । दक्षिण पश्चिम यमनमा अल-कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ।

मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु भएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल-कायदा बन्दुकधारीले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्