Logo

यस्ता छन् शासकीय सुधारका लागि सरकारका १०० कार्ययोजना (पूर्णपाठ)



काठमाडौं, १५ चैत । सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २४ को घटना छानबिन नगरेपछि सरकारले उक्त घटना छानबिन गर्न उच्चस्तरीय समिति बनाउने कार्ययोजनामा उल्लेख छ । उक्त समितिले घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरेर प्रतिवेदन पेस गर्नेछ ।

त्यस्तै, जेनजी सहिद परिवारका सदस्यलाई योग्यताअनुसार १०० दिनभित्र जागिर उपलब्ध गराउने उल्लेख छ ।

कार्ययोजनाअनुसार, सरकारले १५ दिनभित्र भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय समिति बनाउने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको हो ।

यस्ता छन् १०० कार्ययोजना

प्रतिक्रिया दिनुहोस्