काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। शनिबार अधिकांश मुद्राको मूल्य बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा छ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा छ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा छ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा छ।
आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर: