काठमाडौँ १६ असार । जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ ।
बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले बिहीबारदेखि शनिबारसम्म देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।
यी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए । ‘तराईका लगभग सबै खोलामा बाढी आउने पूर्वानुमान गरेका थियौँ’, उनले भने, ‘तराईको लगभग सबै खोला र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ ।’