काठमाडौँ, २० असार । देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताइन । उनका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन ।
पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताइन । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिइन । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताइन ।