Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, ३२ असार । आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातार झरी पर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार अरु प्रदेशमा मौसम सफा रहनेछ । तराईमा हिजो अस्ति जस्तै चर्को घाम लाग्नेछ ।

तराई-मधेसमा गर्मीले जनजीवन प्रभावित भएको छ । अहिले देशैभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पर्सिदेखि भने मौसममा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले काठमाडौँ उपत्यकासहित देशभर नै मौसम सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्