Logo

यस्तो छ आजको मौसम



झापा, ४ साउन । देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ ।

राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ । महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानभन्दा केही उत्तरतिर छ ।

प्रतिक्रिया दिनुहोस्