Logo

यस्तो छ आजको मौसम



झापा, २३ साउन । आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक-दुई दिन लगातार झरी पर्ने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्