Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, १५ भदौ । मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्न थालेको छ ।

गएराति चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।

महोत्तरीमा अहिले पनि ठूलो पानी परिरहेको मौसमविद् मन्जु बासीले बताइन् । उनका अनुसार मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्दैछ । यसकै प्रभावका कारण पानी परेको हो ।

आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्