Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, १० असार । काठमाडौँसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्टराईले जानकारी दिए ।

यी प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्