Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, १७ असार । देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ ।

यस्तै, मधेस प्रदेश र प्रदेश-१ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ । यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

आज बेलुका प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्