Logo

यस्तो छ आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, ६ पुष । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। यी सबै मुद्राको विनिमयदर शनिबार घटेको थियो।

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

तीन दिनअघिसम्म निरन्तर बढेर उच्च भएको अमेरिकी डलरको विनियमदरमा बिहीबारदेखि शनिबार निरन्तर घटेको थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ छ।

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

 

प्रतिक्रिया दिनुहोस्