काठमाडौं, १ माघ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर र युरोको मूल्य हिजो पनि घटेको थियो।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा थियो।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८८ र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर








