काठमाडौं, २८ फागुन । पाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको विनिमयर बढेको छ। तर, युरोसहित केही मुद्रा भने सस्तिएका छन्।
आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा थियो।
यही फागुन २६ गते अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर:








