Logo

यस्तो छ आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, ७ माघ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थप बढेको छ। यी मुद्राको भाउ मंगलबार पनि बढेको थियो।

आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७८ पैसा थियो।

गएको पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ५६ र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ५७ र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्