काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्रा भने महँगिएका छन्।
हिजो पनि अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको विनिमयदर भने बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा थियो।
यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ८१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ०७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर







