Logo

यस्तो छ आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

हिजो अमेरिकी डलरको मूल्य स्थिर हुँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य घटेको थियो। विगत केही दिनदेखि अस्ट्रेलियन डलरको मूल्य भने लगातार बढ्दै आएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा थियो।

यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्