काठमाडौं, १ पुष । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।
हिजो बढेको युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा पुगेको छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। गएका केही दिनदेखि अमेरिकी डलरको विनियमदर निरन्तर बढिरहेको छ।
हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर







