Logo

यस्तो छ आज मंगलबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर, युरोको मूल्य बढेको छ भने स्विस फ्र्यांक, पाउन्ड, अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ।

साथै युरोपियन युरो १ को खरिदर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा, स्विस फ्रयाङ्क १ को खरिदर १ सय ७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९०, क्यानेडियन डलर १ को खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर १ को खरिदर १ सय ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन १ को खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल १ को खरिदर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल १ को खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइभाट १ को खरिदर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम १ को खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट १ को खरिदर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १ सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर १ को खरिदर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर १ को खरिदर २२ रुपैयाँ १६ पैसा र बिक्री दर २२ रुपैयाँ २६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिदर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार १ को खरिदर चार सय ६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८४ पैसा, बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा, ओमनी रियाल १ को खरिदर तीन सय ६८ रुयैयाँ १९ पैसा र विक्रिदर तीन सय ६९ रुपैयाँ ७५ पैसा छ।

भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

हेर्नुहोस् आजको लागि राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्