काठमाडौं, १२ पुष । नेपाल राष्ट्र बैंकले आज का लागि (शनिबार)विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको छ। तर, पाउन्ड लगायत केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा थियो।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६८ रुपैयाँ ६६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर








