Logo

यस्तो छ आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो बनेको छ। केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ।

शुक्रबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा थियो भने बिहीबार १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो।

गत सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेर केही घटेको थियो। तर त्यसयता अमेरिकी डलरको भागउ लगातार बढिरहेको छ।

यसैगरी आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको पनि खरिददर बढेको छ।

राष्ट्र बैंकका अनुसार आज स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

शुक्रबार स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

यस्तै आज क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा छ। शुक्रबार क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा छ।

शुक्रबारको तुलनामा आज युरोपियन युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, जापानी येनको भाउ भने घटेको छ।

आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ। शुक्रबार १ को खरिदर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ। शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिदर २०२ रुपैयाँ ५४ र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ। शुक्रबार अस्ट्रेलियन डलर १ को खरिदर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो।

आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ। शुक्रबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो।

आज बाँकी विदेशी मुद्राको विनिमय दर

सिंगार डलर १ को खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ।

चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम १ को खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा छ।

यस्तै साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्ककका अनुसार हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल १ को खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ।

यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

तर यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने छ।

विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्