काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अस्ट्रेलियन डलर, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो।
गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ १८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर








