Logo

यस्तो छ आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य उच्चदरमा घटेको थियो।

आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा छ। हिजो पनि अमेरिकी विनिमयदर यही थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा छ। हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो।

आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्