Logo

यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको मूल्य भने घटेको छ।

युरोसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।

यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८० र बिक्रीदर ४५९ रुपैयाँ ७७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्