Logo

यस्तो छ आज शनिबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

मूल्य बढेर आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको पनि मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७४पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा थियो। यही भदौ १३ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा पुगेर घटेको थियो।

त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा छ। हिजो आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्