काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
हिजो बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको विनियमदर आज पनि बढेको छ।
त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्रा पनि आज महँगिएका छन्। तर, बहराइन दिनारसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो बढेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा थियो।
यसअघि गएको चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। त्यसयतता घटेको अमेरिकी डलरको विनिमयदर हाजफेरि अहिलेसम्मकै उच्च बनेको हो।
त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर






