Logo

यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ थप घटेको छ।

त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य पनि घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा थियो।

यही वैशाख २३ गते अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५० पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३९८ रुपैयाँ ९१ र बिक्रीदर ४०० रुपैयाँ ५० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०० रुपैयाँ र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर 

 

प्रतिक्रिया दिनुहोस्