Logo

यस्तो छ आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा थियो।

यही भदौ २२ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज फेरि उच्च भएको हो।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४६ र बिक्रीदर ४६२ रुपैयाँ ४२ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्