काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ बढेको छ। युरोसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर







