काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो।
हिजो र अस्ती पनि अमेरिकी डलरको बिनिमयदर यही थियो।
त्यसैगरि आज युरो १ को खरिदर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ३२ र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर








