काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो।
यही असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।
त्यसैगरि युरो १ को खरिददर १६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा थियो।
त्यस्तै पाउन्ड १ को खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा थियो।
त्यसैगरि कुवेती दिनार १ को खरिददर ४६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा थियो।
बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।






