काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य विगत केही दिनदेखि लगातार बढ्दै आएको छ। विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य पनि आज बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा छ। हिजो अिस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर