काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
विगत केही दिनदेखि लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्य आज घटेको छ। अमेरिकी डलरले हिजो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। त्यसअघिका दिन पनि अमेरिकी डलर दिनहुँ बढिरहेको थियो।
त्यसैगरी विगत केही दिनदेखि लगातार बढ्दै आएका कुवेती र बहराइन दिनार पनि आज थोरै सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची