Logo

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौँ, १७ माघ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अधिकांश विदेशी मुद्रा सस्तिएका छन्। कुबेती दिनार, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको विनियमदर आज घटेको हो। यी मुद्राको मूल्यमा तीन दिनयता लगातार गिरावट आइरहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०६ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा छ। हिजो स्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०९ पैसा छ। हिजो हराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया दिनुहोस्