Logo

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।

हिजो पनि अधिकांश विदेशी मुद्राको मूल्य बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ।

हिजो मेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ३० र बिक्रीदर १६२ रुपैयाँ छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ६७ र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८५ र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ५३ र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ०४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्