काठमाडौं, ३० बैशाख । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरसहितका केही मुद्राको विनियमदर स्थिर रहँदा बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनियमदर हिजो बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही मूल्यमा हुँदै आएको छ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रुपैयाँ २६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा छ।
विगत दुई दिनसम्म एउटै मूल्मा स्थिर रहेको बहराइन दिनारको विनियमदर आज थोरै बढेको हो। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर