Logo

यस्तो छ मंगलबारको मौसम



झापा, १० साउन । आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

केही ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्