काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। हिजोको उच्च मूल्यलाई माथ गर्दै आज फेरि अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको हो। विगत केही समययता अमेरिकी डलर लगातार महँगिरहेको छ।
त्यसैगरी आज कुवेती दिनारको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ। युरो, पाउन्ड र बहराइन दिनार पनि महँगिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ५८ र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ। हिजो पनि अस्ट्रेलियन डलरको कारोबार मूल्य यही थियो। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ २४ पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची