Logo

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो।

तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज पनि महँगिएका छन्। बिगत चार दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५१ पैसा थियो।

गएको बुधबारदेखि अमेरिकी डलरले दिनहुँ उच्च महँगो मूल्यको नयाँ नयाँ रेकर्ड बनाउँदै आइरहेको छ।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०६ र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ७४ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया दिनुहोस्